दफा १६
सडकको दायाँ बायाँ रुख लगाउने र त्यसको रेखदेख

(१)”सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका” आवश्यकताअनुसार सार्वजनिक सडकको दायाँ वायाँ रुख लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लगाएका रुखहरूको रेखदेख र संरक्षण गर्ने कर्तव्य सम्बन्धित गाउँपालिकावा नगरपालिकाको हुनेछ ।
(३) उपदफा (१) बमोजिम लगाइएको रुखको काँटछाँट गर्ने वा त्यस्तो रुखले आवागमनमा बाधा पु¥याएमा त्यसलाई हटाउने जिम्मेवारी सडक विभागको हुनेछ ।
(४) उपदफा (१), (२), र (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि “सडक विभाग, सम्बन्धित प्रदेश सरकार, गाउँपालिका वा नगरपालिका” ले सो उपदफाहरूमा उल्लिखित कार्यहरू तोकिएबमोजिम अन्य कुनै व्यक्ति वा संस्थाद्वारा गराउन सक्नेछ ।